रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
जनता समाजवादी पार्टी (जसपा)का चार सांसदले गुट परिर्वतन गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापित भएसँगै महन्थ ठाकुर पक्षधर रहेका चार सांसद उपेन्द्र यादव पक्षमा लागेका हुन् । पार्टी कार्यालय, बालकुमारीमा जारी संसदीय दलको बैठकमा प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका थिए ।
प्रतिनिधिसभा बैठकको पूर्वसंन्ध्यामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डले नेपाललाई कोटेश्वरमा गएर भेटेका हुन् ।"
नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशन कार्यतालिका हेरफेर गरेर भएपनि केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी तयारी शुरु भएको छ । यसका लागि क्रियाशीय सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको शुक्रबार बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीबाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको जानकारी दिएको हो ।
कांग्रेसको १४ औं महाधिवेशन फेरि प्रभावित हुने संकेत शुरु भएको छ । क्रियाशील सदस्यताको विवाद समाधान नहुँदै महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएको हो । त्यसका अलावा पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि महाधिवेशनको तयारी प्रभावित बनिसकेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आगामी साउन ३ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।
सरकारले ३ साउनका लागि प्रतिनिधि सभा बैठक बोलाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ३ साउनका लागि प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीपरिषद् बैठकले प्रतिनिधि सभा बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी दिए।
कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी नाम मात्रको निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णयसमेत गरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधवकुमार नेपाललाई अब एमालेमा कुनै स्थान नभएको बताएका छन् । नेता नेपाललाई उनले गद्दारको संज्ञा दिएका छन् ।