रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र संसारकै अर्बपति अम्बानीले गत तीन दशकमा भारतले अपूर्व आर्थिक सुधार गरेको दावी पनि गरेका छन् ।
सर्वोच्च अदालतले जनता समाजवादी पार्टीको विवादमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको छ । जसपा अध्यक्ष महन्थ ठाकुरको रिटमा आइतबार न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको सुनुवाईपछि सर्वोच्चले अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा छलफलका लागि साउन १५ गतेका लागि पेशी तोकेको हो ।"
नेकपा एमालेभित्रको झगडा सार्वजनिक रुपमै छताछुल्ल हुन थालेको छ । आइतबार संसदीय समितिमामा देखिएको दृश्यले एमाले भित्रको विवादले उग्र रुप लिइरहेको बुझ्न सकिन्छ ।"
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
कल्पना परियारले टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १० मिटर एयर राइफल इभेन्टमा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।
साउन १२ गतेका लागि तोकिएको नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएपछि केन्द्रीय महाधिवेशन अनिश्चित बन्ने देखिएको छ । भदौ १६ देखि १९ गतेसम्म हुने भनिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन पछि धकेलिने संकेतहरु देखिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिष्टको असफलता, भ्रस्टाचार र कुशासनको भण्डाफोर गर्दै देशव्यापी आन्दोलनमा जानुपर्ने बताएका छन् ।
विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सव ओलम्पिक खेलकुद टोकियो ओलम्पिकको भब्य उद्घाटन भएको छ । जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच ‘टोकियो ओलम्पिक २०२०’ को औपचारिक रुपमा उद्घाटन गरिएको हो ।