रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा छ । महाधिवेशनको तयारीकै क्रममा कांग्रेसलाई राज्य सत्ता संचालनको अवसर मिलेको छ । यस्तो अवस्थामा महाधिवेशन भन्दा सरकार संचालनमा कांग्रेस केन्द्रीत भएको देखिन्छ ।
यतिबेला राजनीतिक दलका शीर्ष नेताहरु मन्त्री छनोट गर्ने दौडधुपमा छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरिसकेपछि नेकपा एमालेको ओली पक्षबाहेक अन्य सबैलाई सत्तासयरको रहर जागेको छ ।
नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले गार्जियाको बिएसभीआइ मोडलको नयाँ स्कुटर सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेसले आफ्नो १४औं महाधिवेशन ‘डिजिटल’ प्रणालीबाट गर्न सकिने गरी तयारी अघि बढाएको छ । कोरोना महामारी वा अन्य कारणले भौतिक रुपमा उपस्थिति जनाएर भोट दिन नसके डिजिटल भोटिङमार्फत नेतृत्व चयन गर्नेगरी प्रविधिको तयारी गरको छ ।
गरिब एवम् बेरोजगार व्यक्तिहरुको जीवनस्तरमा सुधार गरी गरिबी न्युनिकरणमा सहयोग पुर्याउने लक्ष्यका साथ कर्णाली प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत व्यक्तिको बैंक खातामा जम्मा गरिएको रकम यहाँका जनप्रतिनिधिले चेक साट्ने बित्तिकै पैसा फिर्ता लिने गरेका छन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका संवैधानिक निकायका ५२ जना पदाधिकारी आफ्नो पदमा कार्यरत रहनु अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा पुरक निवेदन पेश भएको छ । वरिष्ठ अभिवक्ता ओमप्रकाश अर्यालले निवेदन पेश गरेका हुन् ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले सरकारसँग पाँच बुँदे माग अघि सारेका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै आफ्ना माग अघि सारेका हुन् ।
कोभ्याक्स कार्यक्रम अन्तर्गत अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको खोप सोमबारदेखि बुधबारसम्म लगाइँदैछ ।प्रधानमन्त्री शेरबहादुर देउवाले खोप लगाउने कार्यको शुभारम्भ गरेका छन्। काठमाडौं जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर खोप कार्यक्रमको थालनी गरेका हुन् ।