रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको दाबी गरेका छन् । नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भए पनि पार्टीमा बहुमत सदस्य खोजेकाले कुरा बिग्रिएको आरोप पनि उनले लगाए । दोस्रो अध्यक्ष बनाउन नेपालले राखेको माग पूरा गर्न आफू तयार रहेको कार्यदलका सदस्यहरुलाई भनेको दावी उनको दाबी थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना (कोभिड–१९) महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् । बुधबार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले नेपाललाई महामारीबाट मुक्त गराउन उद्योगी तथा व्यापारीहरुले सहयोग गर्नुपर्ने धारणा राखे ।
नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अमरेशकुमार सिंहले बुधबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्। सर्लाही निर्वाचन क्षेत्र नं बाट निर्वाचित उनले पार्टीको क्रियाशील सदस्यतामाथि भएको छानबिनप्रति असन्तुष्टी जनाउँदै सभापति शेर बहादुर देउवालाई राजीना पत्र बुझाएका हुन् ।
नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा छ । महाधिवेशनको तयारीकै क्रममा कांग्रेसलाई राज्य सत्ता संचालनको अवसर मिलेको छ । यस्तो अवस्थामा महाधिवेशन भन्दा सरकार संचालनमा कांग्रेस केन्द्रीत भएको देखिन्छ ।
यतिबेला राजनीतिक दलका शीर्ष नेताहरु मन्त्री छनोट गर्ने दौडधुपमा छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरिसकेपछि नेकपा एमालेको ओली पक्षबाहेक अन्य सबैलाई सत्तासयरको रहर जागेको छ ।
नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले गार्जियाको बिएसभीआइ मोडलको नयाँ स्कुटर सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेसले आफ्नो १४औं महाधिवेशन ‘डिजिटल’ प्रणालीबाट गर्न सकिने गरी तयारी अघि बढाएको छ । कोरोना महामारी वा अन्य कारणले भौतिक रुपमा उपस्थिति जनाएर भोट दिन नसके डिजिटल भोटिङमार्फत नेतृत्व चयन गर्नेगरी प्रविधिको तयारी गरको छ ।
गरिब एवम् बेरोजगार व्यक्तिहरुको जीवनस्तरमा सुधार गरी गरिबी न्युनिकरणमा सहयोग पुर्याउने लक्ष्यका साथ कर्णाली प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत व्यक्तिको बैंक खातामा जम्मा गरिएको रकम यहाँका जनप्रतिनिधिले चेक साट्ने बित्तिकै पैसा फिर्ता लिने गरेका छन् ।