रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेकपा एमालेको स्थायी कमिटीको मंगलबार बसेका बैठकले पार्टी एकता बचाउन अन्तिम समयसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ। बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षका स्थायी कमिटी सदस्यहरुले आन्तरिक एकताको प्रयासलाई अन्तिमसम्म जारी राख्न नेतृत्व तहका नेतालाई सुझाएका थिए ।
कोभिड १९ भाइरसको दोस्रो चरणको प्रवेशसँगै नेपालमा अक्सिजन आपूर्तिको गम्भीर अभाव भएपछि नेपालका ६ वटा कम्पनीले ऐतिहासिक गठबन्धन गर्दै मेडिकल अक्सिजन जेनरेटर र अक्सिजन भर्ने सिस्टमलाई नेपालमा आयात गर्न लागेका छन् ।
कोरोना महामारीको दोस्रो लहरबाट बढी प्रभावित धरानमा तत्काल एकलाख नगरबासीलाई कोविड–१९ रोकथामको खोप लगाउने तयारी उपमहानगरपालिकाले गरेको छ । अहिलेसम्म धरानमा कोरोना संक्रमणबाट ३८ जनाको मृत्यु भइसकेको छ ।
नेपाली कांग्रेसले शनिबार सरकारले प्रस्तुत गरेको आगामी बर्षको बजेटमार्फत प्रत्येक नेपालीको थाप्लोमा झण्डै ५५ हजार थपिदिएको बताएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ को महामारीको अवस्थामा आम नागरिकको स्वास्थ्य उपचार एवम् मानव अधिकारको संरक्षण गर्न आग्रह आग्रह गरेको छ ।
ताप्लेजुङस्थित सुकेटार विमानस्थललाई नयाँ नामाकरण गर्ने सरकारी प्रस्तावको व्यापक विरोध भएको छ । पूर्वको नेपाली समाजमा लोकोक्ति सम्म बनिसकेको विमानस्थलको नाम बदल्न नहुने उनीहरुको माग छ । ताप्लेजुङको इतिहासमा यसको किम्बदन्ती रोचक छ । सुकेटार विमानस्थलले स्थानीय सांस्कृतिक लोकभाका समेत प्रचलनमा भएकाले मौलिकतालाई बचाउन नाम बदल्न नहुने उनीहरुले माग गरेका हुन् ।
प्रतिनिधि सभा विघटनबारे परेका मुद्दा भोलि(सोमबार) सुनुवाइ हुने भएको । सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाई हेर्दाहेर्दैमा राखिएको हो ।"""
प्रधानमन्त्री केपी शर्मा ओलीले महिला अधिकारमार्फत समानताको लय समाउने कुरामा नेपाल विश्वमै उदाहरणीय देश भएको बताएका छन् । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो विचार राखेका हुन् ।