रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
कोरोनाका कारण उपत्यकामा निषेधाज्ञा थप कडाइ गरेसँगै काठमाडौं जिल्ला प्रशासन कार्यालयले आवश्यक पर्ने उपभोक्ताले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट अत्यावश्यक खाद्य सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको छ ।
जिल्ला जिल्लामा जारी निषेधाज्ञाका कारण देशभर भएको लकडाउनको सुनसान सडकमा पनि सवारी दुर्घटना हुने गरेको प्रदेश १ प्रादेशिक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । बुधवार देखि विहीवार विहान २४ घण्टाको अवधिमा झापा, मोरङ र सुनसरीमा भएका तीन वटा सावरी दुर्घट्नामा ५ जना घाइते भएको बताइएको छ । घट्नामा एक गम्भिर घाइते विर्तामोड बिएण्डसी अस्पतालमा पुर्याएएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलाशले प्रतिनिधि सभा विघटनविरूद्ध परेका १९ रिटलाई पनि संवैधानिक इजलाशमा पठाउन आदेश दिएको छ ।
‘एक थुकी सुकी, हजार थुकी नदी’ भनेझैं सबैको स–सानो सहयोगले ठुलो परिणाम निकाल्न सकिन्छ भन्ने उदाहरण रुकुममा हालै संचालन भएको एक अभियानबाट प्रष्ट हुन्छ ।
रुकुम पश्चिमको चौरजहारी नगपालिकाका नगर प्रमुख र स्वास्थ्यकर्मीको टोली कोरोना संक्रमितहरुको अवस्था बुझ्न घरदैलोमै पुग्ने गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सम्मानित सर्वोच्च अदालतले संविधान र संसदीय व्यवस्था बचाउने विश्वास ब्यक्त गरेका छन् ।
नेकपा एमालेका नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुलाई पार्टीबाट निष्कासन र अन्य केहीलाई स्पष्टीकरण सोधेपछि उनीहरुले संयुक्त बक्तब्य निकालेका छन् ।
संघीय सरकारले जिल्ला प्रशासन मार्फत निषेधाज्ञा जारीगर्नु बाहेक संक्रमितको उपचारका साथै दैनिक जीवनका आधारभूत आवश्यकताका बारेमा कुनै चिन्ता लिएको नदेखिएपछि स्थानिय राजनीतिक दलहरुले स्थानीय सरकारलाई प्रभावकारी कदम चाल्न गुहार मागेका छन् ।