रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
गर्भनर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै दिएको रिटको आदेशमा यसअघि उनले निलम्बनपछि दिएको रिट निवेदनको मुद्दाको मिसिल माग गरेको छ । सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेपछि उनले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । त्यो निवदनको मिसिल पेस गर्न आदेश दिएको हो ।
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
राष्ट्रिय सभा निर्वाचनमा सिट सङ्ख्या बाँडफाँटका विषयमा रस्साकस्सी चलिरहेको छ । सोही विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बोलाएको बैठक निष्कर्षविहीन भएपछि बाँडफाँटको विषय पेचिलो बन्दै गएको हो ।
गीतकार तथा आख्यानकार दिनेशकुमार राई (डीआर) को कथासंग्रह ‘खोक्पा’ बजारमा आएको छ । हालै एक भब्य समारोहबीच खोक्पाको बिमोचन समेत गरिएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिका बारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले कार्यभार सम्हाल्नु भएको पुष १६ गते ९ महिना पुरा भएको छ । चैत १७ गते ०७९ मा मन्त्री रिजाल उद्योगमन्त्रीका रुपमा नियुक्त हुँदा देश भित्रै औद्योगिक बातावरण तयार गर्नका लागि निक्कै चुनौती देखिएको थियो । उक्त चुनौतीलाई मन्त्री रिजालले समाधान गर्दै मुलुकको निर्यात दरमा सुधार गरेको जनाएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यस बापतको प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगको बिजुली काटेको छ ।
नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेद्वार प्रस्तुत गर्दा पार्टीप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएका वा अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने निर्णय गरेको छ ।