रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
पर्यटनमन्त्री क्रिश्चियन धर्मको प्रचारकका रूपमा खडा भएको भन्दै आलोचित भएका छन् । काठमाडौँमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा किराँती प्रमुख अतिथि बनेर प्रमुख प्रचारका रूपमा प्रस्तुत भएको भन्दै उनको विरुद्धमा सडकदेखि सामाजिक संजालमा आलोचनाले स्थान पाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएर सरकारमाथि उठेका प्रश्नहरूबारे छलफल गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहमा विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार ४१५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरु दीक्षित भएका हुन् ।"
ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले आफ्ना कुरा राखेर बाहिरिएपछि प्रमुख अतिथि रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आपत्ति जनाएका छन्।
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिद बिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्न सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
रसियामा सैनिकमा भर्ती गराउने भनी नेपाली नागरिकलाई पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो ।
काठमाडौं उपत्यकामा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो । देशका विभिन्न स्थानमा भने हिमपात समेत भएको छ"
राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको आफ्नो उपचार खर्च दिने सरकारको निर्णयको बचाउ गरेका छन् । उनले सर्वोच्च अदालतमा आफूलाई उपचार खर्च दिने गरी अर्थमन्त्रालयले गरेको निर्णय विरुद्धबिरुद अधिवक्ता बिष्णुकुमार गिरीले दर्ता गराएको रिट निबेदनमा लिखित जबाफ पेश गर्दै राष्ट्रपति तथा उपराष्ट्रपतिले उपचार गराउँदा लागेको खर्च नेपाल सरकारले ब्यर्होने कानुनी ब्यवस्था रहेको उल्लेख गरेका छन् ।