रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यी ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
भूकम्पले जाजरकोट र रुकुमकापश्चिम यतिबेला क्षत विक्षत छ । ठूलो मानवीयसँगै भौतिक संरचनामा क्षति पुर्याएको छ । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको नयाँ भुकम्प र त्यसपछिको पराकम्पले जनजीवन आक्रान्त छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष परुषोत्तम खनालले विचौलियाहरुको कारण मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमए) लागू हुन समस्या भएको बताएका छन् । प्राधिकरणले गत वर्ष नै मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमए) लागू गर्ने भनेपनि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा रोकिएको थियो । तर उक्त प्रणाली प्राधिकरणले सोमवारदेखि लागू गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वाणिज्य बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ प्रतिशतले घटेको बताएका छन् । सोमबार संघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खुद नाफा मात्रै नभएर खुद ब्याज आम्दानी समेत बढ्न नसकेको उल्लेख गरे ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा नेतृत्वको टोलीले भूकम्पमा घाइते भई उपचाररतहरुसँग भेट गरेको छ । राहत सामग्री लिएर प्रभावितस्थलतर्फ हिँडेको शर्मा नेतृत्वको टोलीले सोमबार भेरी अञ्चल अस्पतालमा उपचाररत घाइते तथा परिवारजनसँग भेट गरेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही कात्तिक २२ गतेदेखि सुरु हुने युरोप भ्रमण स्थगित गरेका छन् । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएको भन्दै पौडेलले भ्रमण स्थगित गरेका हुन् ।
विश्वकप टी–२० क्रिकेटमा छनोट भइसकेका नेपाल र ओमानबीचको एसिया छनोटको उपाधि ओमानले जितेको छ । फाइनलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको हो ।