रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेकपा(माओवादी केन्द्र)को केन्द्रिय कमिटी बैठकमा बिभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गर्न केन्द्रिय सदस्यहरुले माग गरेका छन् । केन्द्रिय कमिटी बैठक चौथो दिनसम्म आइपुग्दा बैठकमा बोल्ने सदस्यहरुले विभिन्न भ्रष्टाचार तथा सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गरि दोषि देखिए कारबाही गर्न माग गरेका हुन् ।
आफ्ना गीतहरुमार्फत संगीतमा नयाँ स्वाद पस्किन चाहने गायक एवम संचारकर्मी कृष्ण समिम सुवेदीले ‘ए भन्दे वतास’ बोलको गीत लिएर आएका छन् । आधुनिक, लोकआधुनिक, लोकपपलगायतका विधामा धेरै गीतहरु बजारमा ल्याइसकेका सुवेदीले पछिल्लो गीत र्यागी शैलीमा ल्याएका छन् ।"""
संवैधानिक परिषद्को बैठकले साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए ।
अहिले देश भ्रष्टाचारको दलदलमा छ । सरकारका हरेक निकाय भ्रष्टाचारले ग्रस्त छन् । राज्यका सबै निकायहरुमा विकृति, विसंगति र भ्रष्टाचार मौलाएको छ । सरकारले पछिल्लो समय नक्कली भुटानी शरणाार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरणको फाइल खोलेको छ । कारबाही प्रक्रिया अगाडि बढाएको छ । यद्यपि सरकारले सत्ता टिकाइराख्न बेलाबेलामा स्टन्टबाजी गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ ।
उपत्यकाको फोहोर फालिने क्षेत्र नुवाकोटको सिसडोल बन्चरेडाँडा क्षेत्रमा पर्ने ककनी गाउँपालिकाका अध्यक्ष फोहोर व्यवस्थित नगरिएको भन्दै आक्रोशित भएका छन् । प्रधानमन्त्रीको आदेश समेत नटेरी सहरी विकास मन्त्रालयले समस्या समाधानमा तदारुकता नदेखाएको भन्दै उनले फोहोर थुपारेर मान्छे मार्ने काम नगर्न चेतावनी दिएका छन् ।
सरकार गठन गरेको २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति नबनेसम्म प्रतिनिधि सभाको बैठक चल्न नदिने अडान कायमै राखेको छ । मंगलबार सभामुख देवराज घिमिरे सहित राजनीतिक दलका नेताहरुबीच संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलमा एमालेले सो अडान कायमै राखेको हो ।
कोशी प्रदेशका प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आब्हन गरेका छन् । खापुङले शुक्रबार गर्दै नयाँ सरकार गठनका लागि साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८(२) बमोजिम आह्वान गरेका हुन् ।