रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
मंगलबारदेखि शुरु भएको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक पहिलो दिन दुई घण्टामात्रै बसेर बैठक भोलिसम्मका लागि स्थगित भएको छ । दिउँसो २ः११ बजे शुरु भएको बैठक अपरान्ह ४ः११ बजे सकिएको थियो । बैठक भोलिदेखि बिहान ११ बजेदेखि नै शुरु हुने सभापति शेरबहादुर देउवाले बताएका छन् ।
एक वर्ष भन्दा बढी समयपछि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपीनगरमा बस्ने कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।
असारभित्र चालू आवको बजेट खर्च गरिसक्नुपर्ने बाध्यता विद्यमान देखिएको छ । हरेक वर्ष आर्थिक वर्षको अन्तिम समयमा खर्च बढी हुने प्रवृत्ति यसपाली पनि देखिएको हो । असारमा बढी काम र खर्च हुनुलाई नकारात्मक टिप्पणी हुने गरेपनि नकरात्मक र सकरात्मक दुवै पक्ष छन् र केही बाध्यता पनि छन् । तर जे भएपनि अन्य महिनाको तुलनामा काम र खर्च बढी हुने पुरानै प्रवृत्ति यसपाली पनि देखिनु त्यति सुखद मानिएको छैन ।
नेकपा एमालेको २३ औँ सचिवालय बैठकले ६ बुँदे प्रस्ताव पारित गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता भएको बैठकले समसामयिक विषयमा ती प्रस्ताव पारित गरेको हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरुप्रति कटाक्ष गरेका छन् । पुराना पार्टीका दिनहरु गए भन्दै आएका नयाँ पार्टीहरुले धर्ती, देश, धर्मशास्त्र, संस्कृतिहरु सबै पुराना हुन् भनेर बिर्सन नहुने बताए ।
परिवर्तन अभियान नेपालले काठमाडौँको तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई)उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मानित गरेको छ । शनिबार राजधानीको नेपालटारमा आयोजित कार्यक्रमका बीच सामुदायिक र संस्थागत विद्यालय तथा छात्रछात्रालाई सम्मानित गरिएको हो ।"
अमेरिकामा बसेर सक्रिय रुपमा समाजसेवा गरिरहेका मोरङ, विराटनगरका सोमनाथ घिमिरे न्युयोर्क राज्यको क्विन्स काउन्टी अन्तर्गत ऐसेम्बली जिल्ला ३० को क्विन्स डेमोक्र्याटिक पार्टीको तर्फबाट जुडिसियल डेलिगेट्समा निर्विरोध निर्वाचित भएका छन् । घिमिरे उक्त जिल्लामा प्रथम नेपाली अमेरिकन निर्विरोध भएका हुन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पीस्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।