रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकार गठन प्रक्रिया असंवैधानिक भएको दाबीसहित नेकपा एमालेले सर्वोच्च अदालतमा पुगेको छ । कोशीका सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर जोडेर बहुमत देखाई कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय खारेज गर्न मागसहित रिट हालिएको हो ।
नेपाली काँग्रेसका जिल्ला सभापतिहरू पार्टी मुख्यालय सानेपा वीपीनगरमा भेला भएका छन् । उनीहरु कांग्रेसको विगतको समीक्षा र भविष्यको योजना बनाउन केन्द्रीत छन् । बैठकमा ४२ जिल्लाका जिल्ला सभापतिहरुसहित अन्य १८ जना केन्द्रीय र प्रदेशका प्रतिनिधिहरु सहभागी रहेका छन् ।
पेचिलो बनेको कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाले अन्तिम रुप पाएको छ । कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीको रूपमा उद्धव थापालाई नियुक्त गरिएको छ। नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।
सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंक (एडीबी) बाट परियोजना सहायताको रुपमा तीस करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल लेसरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलबाट गरिएको भ्रामक, आपत्तिजनक, प्रचारवाजीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने बताएको छ । देशभरको गोदाममा खाद्यान्न मौजाद रहेको र थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ ।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच आलोपालो नेतृत्व गर्ने मोडेलमा कोशीको मुख्यमन्त्रीको सहमति हुने देखिएको छ । शीर्ष नेताहरूले केन्द्रमा माओवादीले नेतृत्व गरेको र ठुलो पार्टीको हिसाबले मुख्यमन्त्रीमा कांग्रेसको दावी स्वभावीक रहेकोले पहिलो २ बर्ष कांग्रेसलाई दिने र बाँकी समय माओवादीले नेतृत्व गर्ने करीब टुंगिएको प्रचण्ड निकट एक केद्रीय नेताले बताए ।
सबैले देखिरहेका छौं त्रिचन्द्र क्याम्पसका ऐतिहासिक संरचनाहरु जीर्ण बन्दै गइरहेका छन् । भत्किएका छन अनि भग्नावशेष अवस्थामा पुगेका छन् । त्यसैले क्याम्पसको अस्तित्व जोगाउन पर्छ भन्नेमा मेरो पनि साथ छ । तर नेपालको अवस्था देखेर दिक्क लाग्छ । भवन बनाउने सवालमा हाम्रा ठेक्केदार र सरोकारवाला निकायको भूमिका पारदर्शी देखिदैन । सबै काम सेटिङमा चल्छ भन्ने लाग्छ । जे मन लाग्यो त्यस्तै भवन ठड्याइएको पाइन्छ । नेपालमा राम्रा आर्किटेकरहरु पनि छन । उनीहरुबाट सहयोग लिएको पाइँदैन ।