कला - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

कला

फिल्ममा समलिङ्गी युवाको मायाप्रेम: पहिचान र भावना दबाउन नसकिने सन्देश

- रुपान्तरण   

फिल्म समाजको मुहार देखाउने ऐना हो । कथाबस्तु, पात्र, परिवेश र अभिनयले फिल्मको गहिराइ मापन गर्छ । नेपालमा बन्ने गरेका फिल्मले परम्परा, मौलिकता र मानवीय जीवनको चित्र उतार्ने गरेका छन् । किनकी मौलिकता, सामाजिक परिवेश, पात्र, संवाद र दर्शकको मनोविज्ञानलाई बुझेर निर्माण गरिएका फिल्म सफल ठहरिने गरेका छन् । समाजको वास्तविकतालाई टपक्कै टिपेर उतारिएका कतिपय फिल्मले नेपाली सिने उद्योगमा चमत्कार गरिरहेका छन् । फिल्मको मेरुदण्ड मानिने स्क्रिप्ट र विषयबस्तुमा समेटिएका कतिपय सन्दर्भले नेपाली समाजको बदलिंदो रुपको प्रतिनिधित्व गरिरहेका छन् ।