मित्रराज घिमिरेको ‘मनको डालिमा’ : लोक साहित्यको नमूना
- रुपान्तरण
मित्रराज घिमिरे एक शिक्षासेवी हुन् । तर उनी लोककाब्यबारे जानकार छन् । लमजुङ, गोर्खा, तनहुँ र गोर्खा जिल्लाका मौलिकतासँग परिचित उनी लोकगीत, लोकसंस्कृति र लोकभाकामा रमाउँदै वाल्यकाल छिचोलेका हुन् । लमजुङमा जन्मिएकाले मित्रराज पूर्वीय संस्कृतसँग बढी सामीप्यता पनि राख्छन् । किनकी उनका सिर्जनामा पूर्वीय काब्यसौन्दर्यको छनक पाउन सकिन्छ ।