त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहमा विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार ४१५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरु दीक्षित भएका हुन् ।"
ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले आफ्ना कुरा राखेर बाहिरिएपछि प्रमुख अतिथि रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आपत्ति जनाएका छन्।
काठमाडौं उपत्यकामा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो । देशका विभिन्न स्थानमा भने हिमपात समेत भएको छ"
राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको आफ्नो उपचार खर्च दिने सरकारको निर्णयको बचाउ गरेका छन् । उनले सर्वोच्च अदालतमा आफूलाई उपचार खर्च दिने गरी अर्थमन्त्रालयले गरेको निर्णय विरुद्धबिरुद अधिवक्ता बिष्णुकुमार गिरीले दर्ता गराएको रिट निबेदनमा लिखित जबाफ पेश गर्दै राष्ट्रपति तथा उपराष्ट्रपतिले उपचार गराउँदा लागेको खर्च नेपाल सरकारले ब्यर्होने कानुनी ब्यवस्था रहेको उल्लेख गरेका छन् ।
सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन ।
कुटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रुपमा सक्रिय नेपाली काँग्रेसका युवा नेता शनिल नेपाल पोर्चुगलको राजदूतका लागि सिफारिस भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यी ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
भूकम्पले जाजरकोट र रुकुमकापश्चिम यतिबेला क्षत विक्षत छ । ठूलो मानवीयसँगै भौतिक संरचनामा क्षति पुर्याएको छ । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको नयाँ भुकम्प र त्यसपछिको पराकम्पले जनजीवन आक्रान्त छ ।