दशैंका लागि टिकट बुकिङ खुल्यो तर सडकको बेहाल
- रुपान्तरण
दशैंमा घर जाने यात्रुका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ सुरू भएको छ । सोमबार बिहान ६ बजेदेखि अग्रिम टिकट बुकिङ सुरू भएको हो । काठमाडौंसहित देशका विभिन्न ठाउँमा लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । तर, यात्रुहरुले भने गत वर्षको तुलनामा अलि व्यवस्थित भएपनि अनलाइन टिकटमा सरकारको कमजोरी देखिएको गुनासो गरेका छन् ।