मन्त्रिपरिषद् विस्तार गर्न प्रचण्डलाई सकस
- रुपान्तरण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १० गतेभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन् । तर अवस्था प्रधानमन्त्रीले चाहेजस्तो छैन । अहिलेसम्म दलहरुबीचको भागबण्डामा टुंगो नलागेको अवस्थामा शुक्रबारभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउनेमा शंका छ । सत्ताधारी गठबन्धनको बुधबार बेलुकी सम्पन्न बैठकमा सरकार विस्तारबारे छलफल भए पनि ठोस निर्णय भएन ।