मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले २५ लाख ३४ हजार ३२३ मतका साथ पहिलो स्थानमा रहेको छ । सोमबार बिहान ११ बजे सम्ममा एमाले नेपली कांग्रेस १ लाख ४४ हजार ४९२ मतले अगाडि रहेको छ ।
दोलखामा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मंसिर ४ गते रोकिएका मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार बसेको बैठकले मंसिर १५ गतेभित्र १० वटा मतदान केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको हो ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन् । प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका खनाललाई नेकपा एमालेका महेश बस्नेतले २ हजार ९५७ मतान्तरले पराजित गरेका हुन् ।"
मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभातर्फको मत गणना जारी रहँदा सत्तारुढ गठबन्धनका नेताहरुले आपसी भेटघाटलाई तिब्रता दिएका छन् । १६५ क्षेत्रमध्ये १५८ वटा क्षेत्रको मत परिणाम आइरहँदा भावी सरकार निर्माणको समीकरणबारे दलहरु छलफलमा जुटेका छन् ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गतको समानुपातिकतर्फ एमाले र कांग्रेसबीच तिब्र प्रतिस्पर्धा देखिएको छ । एमालेले शुरुदेखि नै अग्रता लिइरहेको छ भने कांग्रेस पछ्याइरहेको छ ।
मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा हालसम्ममा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । तीन सय ३० क्षेत्रमा भएको निर्वाचनमा हालसम्म ३१० स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।"
प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा एमालेले सुरुआतदेखिको अग्रता कायम राखेको छ । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले २० लाख ३२ हजार मत प्राप्त गरेको छ ।
पछिल्लो मतणनाअनुसार प्रदेशसभातर्फ पनि नेपाली कांग्रेस अगाडि रहेको छ । हालसम्म सार्वजनिक तीन सय तीन सिटमध्ये कांग्रेस एक सय दुई, एमाले ८३ र माओवादी ५२ सिटसहित तेस्रो स्थानमा छ ।