नयाँ सरकार गठनका लागि कांग्रेस तयार, जसपाको निर्णय अनिवार्य: नारायणकाजी
- रुपान्तरण
नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टीको निर्णय कुरेर बसिएको स्पष्ट पारेको छ । मंगलबार बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले कांग्रेसले बल्लबल्ल मानेको छ, अब जसपाले निर्णय दिएपछि त्यो प्रक्रिया अगाडि बढ्छ भने ।