भुतपुर्व गोर्खाहरू बेलायतीसरह समान पेन्सनलगायत माग राख्दै आमरण अनसन बसेको १२औँ दिन पुग्दासमेत बेलायत सरकारले आफ्ना समस्या समाधानमा चासो नदिएको भन्दै भुतपुर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके–नेपालले भोलि विहीबारदेखि अनसन बस्ने चेतावनी दिएको छ ।"
नगरपालिका स्तरीय तालिम केन्द्रको लागि लाखौं सरकारी बजेट खर्चेर बनाइएको दुई सरकारी भवन उपयोग नहुँदा शौचालय, भट्टि र नशा सेवन गर्ने थलोको रुपमा दुरुपयोग हुन थालेको छ ।"
९ महिनाका बालक मुहम्मद उस्मान अलीलाई मेरुदण्ड बाङ्गो हुने विश्वकै दुर्लभ रोग लागेपछि परिवारले सहयोगको अपिल गरेको छ । तनहुँ सुनपा नगरपालिका दुलेगौडा स्थायी घर भएका उस्मान अलीको उपचारमा आर्थिक अभाव हुन थालेपछि परिवारले सहयोगको अपिल गरेको जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीको तेस्रो लहर सुरु हुने लक्षण देखिएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सुरक्षित रहन आग्रह गरेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका पूर्व निर्देशक तथा सरूवा रोग विशेषज्ञ डा. सागरराज राजभण्डारीले नेपालमा कोरोना संक्रमितको आवश्यकता अनुसार उपचार हुन नसकेको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले सरकारसँग पाँच बुँदे माग अघि सारेका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै आफ्ना माग अघि सारेका हुन् ।
मध्यपहाडी लोकमार्ग र राप्ती राजमार्गको रुकुम पश्चिम खण्ड अवरुद्ध भएको छ ।