भूपू गोर्खाहरु भोक हडतालमा उत्रिन नपरोस : कुल आचार्य
- रुपान्तरण
गैरआवासीय नेपाली संघका केन्द्रिय सल्लाहकार कुल आचार्यले ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधानका लागि पहल गर्न उपप्रधान तथा परराष्ट्रमन्त्री रघुबीर महासेठलाई आग्रह गरेका छन् । नव नियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री महासेठलाई बधाई दिंदै उनले त्यस्तो आग्रह गरेका हुन्।