नेकपा एमालेका पूर्व उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री डा.भीमबहादुर रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले पार्टीभित्रको निषेधित राजनीतिको कारण आफू नयाँ घुम्तीमा पुगेको बताएका हुन् ।
सरकारले यही बैशाख १६ र १७ गते लगानी सम्मेलन आयोजना गर्दैछ । काठमाडौँको ताहाचलस्थित सोल्टी होटलमा उक्त सम्मेलनको आयोजना हुँदैछ । यस पटकको सम्मेलनमा १० वटा सत्र, ५० भन्दा बढी वक्ता र एक हजार जनाभन्दा धेरै सम्भावित लगानीकर्ताको सहभागिता रहने सम्मेलनको सचिवालय संस्था लगानी बोर्डले जनाएको छ ।
कतारका राजा शेख तमिम बिन हमद अल थानीले दुई दिने नेपालको राजकीय भ्रमण सम्पन्न गरी फर्केका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासमै रहँदा सक्रिय राजनीतिमा आउनसक्ने अडकलबाजी सुरू भइसकेको थियो। कतिपयले त भण्डारीले शीतल निवासबाटै एमालेको एउटा गुट संचालन गरिरहेको आरोप लगाउने गरेका थिए। केही हदसम्म त्यो सत्यपनि थियो।
यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा चुनावी रापताप चलिरहेको छ । विगतका निर्वाचनभन्दा फरक परिस्थिति आकंलन गरिएको इलाम–२ मा यसपाली कसले बाजी मार्छ भनेर ठ्याक्कै अनुमान गर्न कठिन छ । चुनावी प्रतिस्पर्धामा रहेका मुख्य दल र स्वतन्त्र उम्मेदवारहरु आफ्नो चुनावी गतिविधिलाई तीव्रता दिइरहेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय राजनीति २९ महिना निकै कष्टकर रहेको बताएका छन् । शनिबार गोदावरीमा नेकपा एमाले पहिलो राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यताका २९ महिना देश र र पार्टीको लागि अत्यन्तै चुनौतीपूर्ण र कष्टकर रहेको बताएका हुन् ।
नेपाली समाजको आमूल रूपान्तरणको नेतृत्वदायी राजनीतिक शक्तिका रुपमा चिनिन्छ ः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) । माओवादीको नेतृत्वमा भएको जनयुद्ध, जनआन्दोलन र शान्ति प्रक्रियापछिको संविधान निर्माणको चरणमा जनताको मूलभूत आवश्यकता र रूपान्तरणका लागि तय भएका एजेण्डाको समष्ठिगत रूप हो आजको लोकतान्त्रिक संघीय गणतन्त्रात्मक राज्यव्यवस्था ।
मेरो विचारमा अहिले राजनीतिमा जे भइराखेको छ त्यो पानीमा भूल्का आएको जस्तो मात्रै हो । यसले राजनीतिलाई विशेष गति दिँदैन । अब केहीसमय पछि एमालेसँग पनि माओवादीको सम्बन्ध मधुर हुनसक्छ भन्ने ग्यारेन्टी कसैले दिन सक्दैन । प्रधानमन्त्री पुष्पकमल दाहालको जुनखालको मनस्थिति देखिन्छ त्यसलाई हेर्दा उहाँले एक पटक मध्यावधि निर्वाचन गराउनुहुन्छ । यो मध्यावधिमा नगइकन सुख पनि छैन । राजनीति एक धारमा नआइकन र एउटा परिस्थितिको श्रृजना नभएसम्म स्थीर हुन सक्दैन । अहिले त सेटल हुन चाहने तत्वहरु (ईलेमेन्ट्स) नै छैनन । को–कोसँग मिल्ने? जुन संविधानले नेपाललाई संघीय गणतन्त्र बनायो त्यो संविधान नै अहिले अलपत्र परेको छ । समानुपातिकको उपयोगिता सकिएको छैन । तर, दलहरुले अहिले नै समानुपातिकलाई घाँडो मान्न थालेका छन ।