रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
संसद पहिले कि प्रधानमन्त्री वा सरकार चयन पहिले भन्ने विषय पेचिलो बनेको छ । दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदहरुको सपथग्रहण गरेरमात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने तर्क गरेको छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा बधाईँ दिँदै सो निर्देशन दिएका हन् ।
सहकारी अभियन्ता कृष्णबहादुर उप्रेतीको संस्मरणात्मक आत्मकथा ‘केवी’ शुक्रवार लोकार्पण भएको छ । राजधानीमा आयोजित कार्यक्रममा पूर्व मन्त्री लिलामणी पोखरेल, पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल चौलागाई, बैंकका सल्लाहकारहरु केशव निरौला र राधा घले तथा बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएर प्रतिवेदन बुझाएसँगै नयाँ राष्ट्रपतिको दौडधुप शुरु भएको छ । पाँच दलीय गठबन्धनका नेताहरुबीच पावर शेयरिङका विषयमा छलफल चलिरहेका बेला भावी राष्ट्रपतिको नाम धमाधम सार्वजनिक भइरहेको छ ।
प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज शुक्रबार देशभर कालो दिवसका रुपमा मनाइँदैछ ।
निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरुको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पनि प्रतिवेदन बुझाएको छ । राष्ट्रपति भवन र प्रधानमन्त्री निवास बालुवाटार पुगेर निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायतको टोलीले प्रतिवेदन हात लगाएको हो ।"
चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७८ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले घटेको थियो ।
नेपालको अर्थतन्त्र तरलताका कारण प्रभावित भएको छ । २०७९ को वैशाखदेखि उच्च ब्याजदर, कोभिड १९ र रुस युक्रेन युद्धले निजी क्षेत्रको तरलताका काममा धेरै ठूलो वृद्धि भएको छ । पुस महिनामा बजारमा तरलताको अभाव झनै बढ्ने सरकारी अधिकारीहरुको भनाइ छ ।