रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठुलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा (माओवादी केन्द्र) समान नौ/नौ स्थानमा विजयी भएका छन् ।"
मंगलबार बिहान ८ बजे सम्मको मत परिणाम अनुसार २८ लाख १४ हजार ६५५ मतका साथ एमाले शीर्ष स्थानमा छ । त्यस्तै २६ लाख ८८ हजार २१८ मतका साथ नेपाली कांग्रेस दोस्रो स्थानमा छ । एमाले र कांग्रेस बीच १ लाख २६ हजार ४३७ मतको अन्तर छ ।"
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का प्रतिनिधि सभा सदस्य रवि लामिछानेमाथि उजुरी रोकिएको छैन ।नागरिकताको विवादले उनी चौतर्फी घेराबन्दीमा परेका छन् । उक्त विषयमा निर्वाचन आयोगमा स्पष्टीकरण बुझाइसके पनि लामिछानेविरुद्ध अर्को उजुरी परेको छ । नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्ने वा सो दलको साधारण सदस्य नपाउने उल्लेख गर्दै थप उजुरी परेको हो ।
सत्ता गठबन्धनमा आबद्ध दलहरुले आफूहरुमा कुनै तिक्तता नभएको सन्देश दिएका छन् । नयाँ सरकार निर्माणका सवालमा नयाँ समीकरण बन्ने चर्चा भइरहेका बेला गठबन्धनको बैठकले साझेदारीलाई निरन्तरता दिने भएका हुन् ।
४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजा लगभग अन्तिम चरणमा पुगेको छ । सोमबार मात्र दोलखाको परिणाम आएपछि चुनावी नतिजा अन्तिम चरणमा पुगेको हो । निर्वाचन आयोगले मंसिर २२ सम्ममा सबै परिणाम सार्वजनिक गरिसक्ने जनाएको छ । यसपटक संघीय संसदमा नयाँ दलका प्रतिनिधिसहित १२ वटा राजनीतिक दलको प्रतिनिधित्व हुँदैछ । यस पटक सदन विगतभन्दा केही फरक र रोचक हुने अनुमान गरिएको छ ।
नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो । प्रदुषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा सडकमा भ्याकुम क्लिनरले सफा गर्ने काममा प्रतिबन्ध लगाइएको बताइएको छ ।
दोलखाबाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गंगा कार्की विजयी भएका छन् ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम आइरहँदा सत्ता साझेदार दल माओवादी केन्द्र परिणामप्रति छैन् । अपेक्षाकृत परिणाम नआएको उसको निष्कर्ष छ । केही नेताहरु गठबन्धनमा रहेका अन्य दल इमान्दार नभएको र माओवादी केन्द्रका उम्मेदवारलाई हराउन लागेको प्रतिक्रिया दिइरहेका छन् ।