रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
निर्वाचन आयोगले बाजुरा र स्याङजामा मतगणना गर्न निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले बाजुरा र स्याङजा क्षेत्र नम्बर २ को मतगणना गर्न निर्देशन दिएको हो ।"
मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत समानुपातिक तर्फको मतगणना जारी रहेको छ । १ करोड १२ हजार ४७ मत गणना हुँदा नेकपा एमालेले अग्रता कायम राखिरहेको छ ।"
जनमत पार्टीका अध्यक्ष सिके राउतले नयाँ सरकारमा सहभागी हुनका लागि प्रस्ताव आएको बताएका छन् । तर उनले सम्भावित नयाँ सरकारमा सहभागी हुने/नहुने बारेमा अहिले नै केही भन्न नसकिने प्रतिक्रिया दिएका छन् ।
नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने पक्षमा उभिए पनि चुनाव हारेका अधिकांश नेताहरु गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसप्रति सन्तुष्ट छैनन् । उक्त पार्टीका सम्मानित नेता झलनाथ खनाल निकै आक्रोशित छन् । खनाल जस्तै चुनाव हार्ने उक्त पार्टीका अन्य नेताहरु पनि आक्रोशित भएका छन् ।"
नेकपा (एमाले०क) अध्यक्ष केपी शर्मा ओली आफ्ना विपक्षी र विरोधीहरुको आलोचना गर्न निकै माहिर छन् । उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाममानै आलोचना गर्न भ्याएका छन् । अमेरिकामा रहेको फ्रिडम पार्टी र त्यसको चुनाव चिन्ह घण्टीकै झलक दिनेगरी लामिछानेले आफ्नो पार्टीको नाम राखेको भन्दै अध्यक्ष ओलीले आलोचना गरेका हुन ।
प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ९६ लाख दुई हजार पाँच सय ७६ मतगणना भएको छ ।
काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका सुकुम्वासीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । महानगरपालिकाले सोमबार थापाथलीस्थित बागमती किनारको सुकुम्वासी बस्ती उठाउन खोजेपछि विभिन्न ठाउँमा सरकारी जमिन अतिक्रमण गरी बस्दै आएकाहरु एकजूट भई महानगरपालिका घेर्न पुगेका हुन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा स्वतन्त्र उम्मेदवार आउनुमा राजनीतिक परिवर्तनसँगै शुसासन र समृद्धि दिन नेतृत्वले नसकेकाले असन्तुष्टी पैदा भएको प्रतिक्रिया दिएका छन् ।