रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नामको अन्तिम टुंगो लगाएको छ । पार्टीको शनिबार बसेको पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदमा सिफारिस गर्ने ३२ जनाको नाम टुंगो लगाएको हो ।"
समानुपातिक सांसद चयन गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दैछ । निर्वाचन आयोगले तीन दिनको समय दिएर पत्र पठाएकामा अधिकांश दलहरुले समानुपातिकतर्फको नाम टुङ्गो लगाउन शनिबार बैठक बस्न लागेको हो ।"
बेलायतमा नेपालीहरूको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको पाइएको छ । बेलायतको दुई प्रमुख राज्य इङल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्याशनल स्टाटिटिक्स (ओएनएस)ले मंगलबार सार्वजनिक गरेको जातीयतासम्बन्धी तथ्याङ्कलाई सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले गरेको विश्लेषणमा सो तथ्य पाइएको हो ।
प्रतिनिधिसभामा ८९ सिट जितेर नेपाली कांग्रेस पहिलो पार्टाी बनेको छ । निर्वाचन आयोगले सम्पूर्ण परिणाम सार्वजनिक गरेसँगै कांग्रेसभित्र संसदीय दलको नेता छनोटको चटारो शुरु भएको छ । आकांक्षीहरुको दौडधुप बाक्लिएको छ ।
राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न पाँच बुँदे माग अघि सारेको छ । शुक्रबार महासंघले सहकारी विभागलाई एक ज्ञापन पत्र बुझाउँदै नेपालको अर्थतन्त्रमा परेको असरका कारण सहकारी क्षेत्र पनि समस्या रहेकाले मागहरु सम्बोधन गर्न माग गरेको हो ।
एमालेले समानुपातिक सांसद छान्न तयारी थालेको छ । प्रत्यक्षतर्फ अपेक्षित सिट हासिल नग
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले फेरि न्यायलय तातेको छ ।महाअभियोगका विषयमा विभिन्न कोणबाट बहस भइरहेको छ । जबराविरुद्धको महाभियोग १० महिनापछि निष्क्रिय भएपछि उक्त विषयले नयाँ मोड लिएको छ ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ भएको निर्वाचनमा एमालेले ४४ सिट प्राप्त गर्दा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत पाएको छ ।