रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रतिनिधिसभा सदस्यमा रुकुम पश्चिमबाट चौथो पटक शानदार जित हाँसिल गरेका छन् । माओवादी शान्ति प्रक्रिया आएयता भएका सबै चुनावमा रुकुमबाट शानदार मतका साथ संसद छिर्नुभएका शर्माले निरन्तर विजयको विरासत कायम गर्दै आएका छन् । उनले हरेक चुनावमा आफ्नो मत बढाउँदै लिएका छन् ।
बाजुरामा नेपाली कांग्रेसका सह महामन्त्री बद्री पाण्डे निर्वाचित भएका छन् । अन्तिम मतगणना अनुसार कांग्रेस उम्मेदवार पाण्डे ५ हजार ४३६ मतान्तरले निर्वाचित भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पत्र काटेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिकताबारे छानबिन गर्न पत्र काट्दै जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेका हुन् ।
काठमाडौँ जिल्लामा मध्य राती १२ बजेसम्म रेस्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ। मङ्गलवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले काठमाडौँमा मध्य राति १२ बजेसम्म रेस्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो।
केहीदिन यता जनमत पार्टीका अध्यक्ष सीके राउत राजधानी काठमाडौंमा छन् । सप्तरी क्षेत्र नम्बर २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले प्रतिनिधि सभा सदस्यमा पराजित गरेपछि राउतप्रति चासो बढेको छ । उक्त पार्टी समानुपातिकतर्फ थ्रेस होल्ड कटाउँदै राष्ट्रिय पार्टी बनेपछि मधेसको भावी राजनीतिबारे पनि समीक्षा शुरु भएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सकिएर निर्वाचनको अन्तिम मतपरिणाम प्राप्त हुने समय नजिकिएसँगै सङ्घीय संसद् सचिवालयले संसद् बैठक सञ्चालनका लागि आवश्यक तयारी प्रारम्भ गरेको छ । तर भब्य र सुविधा सम्पन्न रुपमा सिंहदरबारमा निर्माण भइरहेको संसद भवनमा यसपाली बैठक बस्ने छैन ।
मंसिर ४ गते सम्पन्न आम निर्वाचनको मत गणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फको १ करोड २ लाख २२ हजार २२२ मत गणना भइसकेको छ ।
नेपाली कांग्रेस महामन्त्री गगन थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन् । प्रधानमन्त्री बन्ने तयारीमा रहेका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागिपरेको बताएका हुन्।