रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
एमालेले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिए । एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ ।
चालु आर्थिक बर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापार बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालको बैदेशिक व्यापार चार खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँबराबरको व्यापार भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् । गएराति एक बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएका महासचिव गुटेरेसलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमै स्वागत गरे ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणमा आउँदैछन् । उनको सुरक्षाको जिम्मा नेपाली सेनाले लिने भएको छ । महासचिव गुटरेस यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् ।"
नेपालमा तास खेल्नेहरुको संख्या कति छ भनेर बुझ्ने हो भने भन्सार विभागको तथ्यांकलाई हेरे पुग्छ । किनकी तासबाट नै हाम्रो वार्षिक रुपमा करोडौं रुपैयाँ विदेश गइरहेको छ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ले पार्टीले शुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरु बीचको एकताको अभियान पनि रहेको बताए ।
भारतको प्रसिद्ध पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपाल भारतीय पर्यटकको एउटा सहज गन्तव्य भएको बताएका छन् । विहीबार बिहान पाल्पाको बसन्तपुरस्थित कामाख्यादेवी मन्दिरको दर्शन गर्न पुगेका उनले भने “नेपालका कुनै पनि पर्यटकीय स्थानमा भारतीय नागरिकलाई सहज पहुँच छ, दुई देशको धार्मिक, सांस्कृतिक समानताका कारण पनि नेपालका धार्मिक गन्तव्यहरुप्रति भारतीयको आस्था र आकर्षण दुवै छ ।”
विजयादशमीको मुख्य दिन मान्यजनबाट टीका र जमरा ग्रहण गरिदैछ । नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभसाइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँघर वा पूजाकोठामा नौ दिनसम्म पूजा–आराधना गरिएको प्रसाद मान्यजनबाट लगाइन्छ ।