रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाल दोस्रो पटक विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छानिन सफल भएको छ । विश्वकप टी–२० को एसिया छनोट अन्तर्गत प्रतियोगिताको फाइनलमा पुगेसँगै नेपाल दोस्रो पटक विश्वकपमा छानिएको हो ।
सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव हुने बताएकी छन् । नेपाल ज्योतिष परिषद्को १८ औ राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को घोराहीमा उद्घाटन गर्दै उनले धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई लोकतन्त्रले सुनिश्चित गर्ने बताएकी हुन् ।
हत्यारा योगराज ढकाल (रिगल) पक्राउ परेका छन् । सर्वोच्च अदालतले कैद मिनाहा गरी आममाफी दिने सरकारको निर्णय कार्यान्वयन नगर्न परमादेश जारी गरेसँगै रिगल नेपालगञ्जबाट पक्राउ परेका हुन् । नेपालगञ्जको सेतु विक चोकमा रिगलले बिहीबार अपराह्न बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि पक्राउ गरिएको थियो । प्रहरी नायव उपरीक्षक नारायण डाँगीले रिगलले प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताए।
निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्ता सम्ममा गर्ने गरी तयारी गरेको छ । आयोगले अगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रिय सभा सदस्य पदका लागि माघको दोस्रो हप्ता सम्ममा निर्वाचन गर्ने तयारी गरेको हो ।
नेकपा (एमाले)ले दशैं, तिहार र छठलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी भएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भूराजनीतिक तनाव बढ्दै जाँदा विश्व विभाजन हुँदै गइरहेको बतएका छन् । मंगलबार संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै राष्ट्रसंघका महासचिव गुटेरेसले यस्तो बताएका हुन् ।
२० बर्षअघि विश्वभरका नेपालीहरुलाई एउटा छानामुनी अटाउने उद्देश्यसहित स्थापना भएको गैर आवासीय नेपाली संघ(एनआरएनए)यतिबेला छिन्नभिन्न अवस्थामा पुगेको छ । संघको १०औं महाधिवेशनबाट असन्तुष्टी जनाउँदै अलग भएको संरक्षक शेष घलको नेतृत्वको एउटा समूहले अलग्गै महाधिवेशनको तयारी गरिरहेको छ ।
नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताएका छन् ।