रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
चारदिने भारत भ्रमणका लागि दिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय विदेशराज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । बुधबार त्यसतर्फ प्रस्थान गरेका दाहाल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरण गरेका थिए ।"
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गरेसँगै गैर आवसीय नेपालीहरुलाई नागरिकता लिने बाटो खुलेको छ । विधेयक प्रमाणीकरणले गैर आवासीय नेपालीहरूलाई दोहोरो नागरिकता राख्ने सुविधाको लागि बाटो खुलेको हो ।"
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा विद्युतको बजार क्षमताको ग्यारेन्टी हुने गरी छलफल गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भारत भ्रमणमा सीमानाका विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने बताए । उनले आफू अहिले युवा अवस्थाको भन्दा बढी खटिरहेको बताए ।
सरकारले सांसद विकास कोष ब्युँताएपछि यसको चौतर्फी आलोचना भएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए ।
आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अपेक्षा सरकारले गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अपेक्षा राखेको बताए ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलमुक्त भएका छन् । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरी सोमबार बिहान जेलमुक्त भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएपछि चौधरी जेलबाट मुक्त भएका हुन् । करिब १५ वर्ष कैद सजाय तोकिएको चौधरीको पाँच वर्ष तीन महिना जेल सजाय काटेर १४ वर्ष ९ महिना छुट भएको हो ।
सोमबार १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको ७० वर्ष पुगेको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको हो । नेपालमा भव्य कार्यक्रम गरी सगरमाथाको ७०औँ वर्षगाठ मनाइने नेपाल पर्वतारोहण सङ्घ एनएमएेले जनाएको छ ।
सरकारले रेशमलाल चौधरीलगायतका कैदीहरुलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो।