रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)परित्याग गरी दुई अघि नयाँ पार्टी खोल्ने अभिव्यक्ति दिएका कमल थापाले आइतबार ‘राप्रपा नेपाल’ को अध्यक्ष बनेका छन् । निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको राप्रपा नेपालमा उनी नयाँ अध्यक्ष बनेका हुन् ।
नेपाली राजनीतिले एकाएक नयाँ मोड लिएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनका तीन दल माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदले प्रधानसत्तारुढ पाँच दलीय गठबन्धनका तीन दल माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । प्रधानन्यायाधीशमाथि महाअभियोगबारे मौन देखिएका दलहरु ‘नाटकीय निर्णय’ गर्दै प्रस्ताव दर्ता गराएका हुन ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले एमसीसीको सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप लगाएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाएको छ । बिहीबार अर्थमन्त्रालयमा चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका हुन् ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्ष र विपक्षमा चर्चा चलिरहेका बेला सत्ताको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसले उक्त परियोजना संसदद्बारा पारित गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान प्रयोग गर्ने विषय अध्ययन गर्न कार्यदल गठन गरेको छ। बुधबार निर्वाचन आयोगले नेपाल सरकारका उच्चपदस्थ प्राविधिकसँग छलफल गरेर कार्यदल बनाएको हो।
सरकारले राष्ट्रिय गौरवका आयोजनाका लागि बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ । अर्थ मन्त्रालयले निर्माणाधिन काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजनाको प्रसंगमा यस्तो प्रतिबद्धता जनाएको हो । आयोजना निर्माणको जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित् गर्न माग गरिरहेका बेला मन्त्रालयले प्रतिबद्धता जनाएको हो ।