रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गाउँव्लकमा रहेका भूमि विहिनहरुलाई लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आफू अगाडी बढिरहेको बताएकी छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन् ।
पद्म ज्योति प्रतिष्ठित ज्योति घरानाको नेतृत्व तहमा छन् । आफ्ना पिता मणिहर्ष ज्योतिको मार्गदर्शन अनुसार उनी निरन्तर व्यापार व्यवसायमा छन् । ज्योति ग्रुपका अध्यक्ष समेत रहेका उनी व्यवसायमा नैतिक मूल्य र मान्यताका पक्षधर हुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राप्रपाको ३१ बर्ष लामो यात्रालाई पूर्णविराम लगाएका छन् । उनले मंगलबार पार्टीबाट अलग भएको घोषणा गरेसँगै राप्रपासँगको यात्रालाई विट मारेका हुन् । पार्टी छाडेको घोषणासँगै उनले नयाँ पार्टी खोल्दैछन् ।
सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको सञ्चासञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सोमबारदेखि काठमाडौं उपत्यकाका सवारी साधनमा लागू गरिएको जोर–विजोर प्रणाली हट्ने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सिसिएमसीसीले दिएको आदेशका आधारमा उक्त निर्णय गरेको हो ।
गायिका सराना श्रेष्ठको स्वरमा नयाँ गीत ‘मिठो बोली’ सार्वजनिक भएको छ । आइतवार सार्वजनिक भएको गीतमा दीपक शर्माको शब्द र संगीत तथा राजेन्द्र बजगाईंको एरेञ्ज छ ।
अन्तर्राष्ट्रिय चेन सलुन ‘हेयर एण्ड शान्ति युनिसेक्स सलुन’को २७औं शाखा काठमाडौंको दरवारमार्ग स्थित दरवार मलको पहिलो तल्लामा शुरु भएको छ ।