रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संवाद र सहमतिको माध्यमबाट संसद् सुचारु गर्ने बताएका छन् । आफ्नो कार्यकालको ६ महिनाका उपलब्धी सार्वजनिक गर्दै उनले संसद् सुचारु भएपछि सबै दलसँग छलफलको माध्यमबाट सहमति जुटाएर नै विचाराधीन विषयलाई निष्कर्षमा पुर्याउने बताए ।
रुकुममा कम्युनिस्ट पार्टीको संस्थापक मध्यका स्कन्द शर्माका जेठा छोरा हुन् जनार्दन शर्मा । बुवाकै प्रेरणाले गर्दा राजनीतिमा लागेका उनले १४ वर्षकै उमेरमा पार्टी सदस्य लिएका थिए । २०३४ सालदेखि नै राजनीतिमा लागेका जनार्दनको राजनीतिक जीवनमा चरम उतारचढाव आएका छन् ।"
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डा.रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताए ।
सत्तारुढ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सहमत भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरु आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै सम्पन्न गर्ने सहमति भएको हो ।
काठमाडौंको बालुवाटार स्थित ललिता निवास क्याम्पको सरकारी स्वामित्वको जग्गा गैरकानूनी रुपमा हडप्न खोज्ने कुमार रेग्मी (सर्वोच्च अदालतका न्यायाधीश) र नवीन पौडेल (नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलका छोरा)लाई कानूनी कारवाही गर्न माग गरिएको छ ।""
राजश्व संकलनमा सरकारले केही सुधार गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यको ४५ दशमलव ९१ प्रतिशत राजस्व संकलन भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुदुरपश्चिम प्रदेशलाई ‘मोबाइल ब्लड बैंक बस’ सहयोग गरेको छ । संघका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडमार्फत कैलाली रेडक्रसका अध्यक्ष उत्तम जोशीलाई सो बस धनगढीमा आयोजित एक कार्यत्रमकाबीच सोमवार हस्तान्तरण गरेका हुन् ।"
प्रदेश २ को नाम मधेश प्रदेश कायम भएको छ । प्रदेशको नामाकरणसम्बन्धी प्रस्तावमा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । जसको पक्षमा ८० मत खसेको थियो । यो प्रदेशभसा बैठकको दुई तिहाई बहुमतभन्दा बढी हो ।