रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी प्रदेश र सङ्घ निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिई दुई तिहाई गठबन्धनको सिट जिताउन आवश्यक रहेको बताएका छन् ।"
स्थानीय निर्वाचन अघि देखिनै काठमाडौंमा फोहोरको थुप्रो लाग्न थालेको हो । तर काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट मेयरमा विजयी भएका बालेन्द्र साहका लागि फोहोर व्यवस्थापन सबैभन्दा ठूलो चुनौति बन्यो ।
नेपाल कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तहको निर्वाचनमा ४४ प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।""
विश्व बैंकले आगामी आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत हाराहारीमा सीमित हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो ‘ग्लोबल इकनमिक प्रस्पेक्ट’ प्रतिवेदनका अनुसार सन् २०२२/०२३ मा नेपालको आर्थिक बृद्धिदर ४.१ प्रतिशत हुने देखिएको हो ।
धान रोप्ने मुख्य सिजनमा रासायनिक मलको अभाव खड्किएपछि नेताहरुले सरकारको चर्को आलोचना गरेका छन् । सरकारले समयमै किसानलाई मल उपलब्ध गराउन नसकेपछि नेताहरु सरकारको कार्यशैलीविरुद्ध उत्रिएका हुन् । नेपाली कांग्रेसका सांसद गगन थापाले असारको मसान्तसम्मा मल नआउने ठोकुवा गरेका छन् ।"
सरकारले आइतबार दिँदै आएको साप्ताहिक बिदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरेको हो ।
नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सहभागी भएका मन्त्री फिर्ता गर्ने र नयाँ मन्त्री थप्ने प्रस्ताव विवादमा परेको छ । नयाँ मन्त्रीको लिष्ट अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाए पनि देउवाले त्यसलाई इन्कार गरेका छन् ।"
विश्व वातावरण दिवस –२०२२ को अवसरमा काठमाडौं माइतीघर मन्डलामा युवाहरुले प्रदशन गरेका छन् । सन् १९७४ देखि प्रतेक बर्ष जुन ५मा विश्व वातावरण दिवस मनाइँदै आएको छ ।"