रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
निर्वाचन आयोगले यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएकाहरुको सूची सार्वजनिक गरेको छ ।
दुई नेताको अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले ध्यानाकर्षण जनाएको छ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चा समेत गर्न लायक नरहेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएपनि उनीहरु चर्चा गर्न लायक नभएको बताएका हुन् ।
सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । उनी २९औं महानिरीक्षक बनेका हुन् ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको छ ।घोषणापत्रमा लोसपाले २० वटा प्रतिवद्धता जनाएको छ ।
सरकारले चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत बराबर पुग्ने दाबी गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५ दशमलव ८४ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको हो ।
वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि तयारी तिब्र बनाइएको छ । निर्वाचन आयोगले १ करोड ९४ लाखमध्ये १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ गरिसकेको छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ । निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन मुख्यसचिवमार्फत नेपाल सरकारसमक्ष आग्रह गर्ने निर्णय भएको निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूयप्रसाद आर्यालले जानकारी दिए ।