रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
आसन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच तालमेल हुने भएपछि सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्र हलचल आएको छ । अधिकांश जिल्लामा चुनावी तालमेलको विपक्षमा कार्यकर्ताहरु देखिएका छन् । शनिबार चितवनमा भएको सामूहिक राजीनामाले भने नेतृत्व थप दबाब बढेको छ ।
विश्वमा कोरोना भाइरस कूल संक्रमितको संख्या ५० करोड नाघेको छ । कोरोना महामारी सुरु भएको साढे २७ महिनाको अवधिमा संक्रमितको संख्या ५० करोड नाघेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तत्कालीन नेकपामा रहेका पूर्व एमालेका ८० प्रतिशत नेताहरुले माओवादी जनआन्दोलनको ऐतिहासिकता स्वीकार्न थालेपछि पार्टीमा विद्रोह सुरू भएको बताए ।
अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताएका छन् । अर्थमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले मुन्द्राको सञ्चिति करिब सात महिनाका लागि प्रयाप्त रहेको बताएका हुन् ।
सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयले चर्चा पाएको छ । पक्ष र विपक्षमा बहस भइरहेको छ भने सरकारको आलोचना भइरहेको छ । विपक्षी दल एमालेका नेताहरुका लागि निलम्बनको विषय सरकारमाथि खनिने राम्रो मसला बनेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई पुनःस्थापना गर्न र उनलाई सत्ताच्युत गर्न बनेको पाँच दलीय सत्तारुढ गठबन्धन आगामी स्थानीय तहको निर्वाचनमा ठाउँ र अवस्था हेरेर तालमेल गर्न तयार भएका छन् । निर्वाचनसम्म गठबन्धन जाने वा नजानेमा शंका पैदा भइरहेका बेला सोमबारको गठबन्धन बैठकले स्थानीय तह चुनावमा उत्साहजनक सहभागितासहित सफल पार्न र पाँच दलीय गठबन्धनका उमेदवारहरुलाई अमूल्य मत दिई विजयी गराउन अपिल समेत गरेका छन् ।
सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरेको छ । सरकारले अधिकारीलाई निलम्बित गर्दै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको छ ।
मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपालमा राजनीतिक परिवर्तन आइसकेकाले अब समृद्धितर्फ सबै लाग्नुपर्ने उनीहरुको भनाइ छ ।