रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि नेपाल फाइनल नजिक पुगेको छ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आशिफ शेखको अर्धशतक प्रेरित नेपाल लगातार दुई खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल नजिक रहेको हो ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई १७ बुँदे निर्देशन जारी गरेको छ । निर्देशनमा आयोगले उम्मेदवार चयन गर्दा अपनाउनु पर्ने मापदण्ड लगायतका विषयहरु समावेश गरिएको छ ।
दैनिक १४ घण्टासम्म अघोषित लोडसेडिङ गरिएको भन्दै पूर्वका उद्योगी व्यवसायीले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
सत्तारुढ दल नेपाली काँग्रेसको चैत ११ गते शुक्रबारदेखि बसेको केन्द्रीय समितिको बैठकले स्थानीय परिस्थति र आवश्यकता अनुसार गठबन्धन गरेका दलहरुसँग चुनावी तालमेल गर्ने नीतिगत निर्णय गरेको छ ।
स्थानीय तह निर्वाचनमा मतपत्र छपाइको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने भएको छ । केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतपत्र छपाइ सम्बन्धी सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापनाको दुई दशक यता नेतृत्व चयनमा नाटकीय सहमति बनेको छ । अध्यक्षमा मात्र एकै पटक तीन जना चयन भएका छन् । संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र डा.बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको हो ।
सरकारले निर्वाचन प्रभावित पार्ने निर्णय गरिरहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । साथै मतपत्रमा निर्वाचन चिन्हको रंग हरियो बनाउने र मनोनयन दर्ताका लागि दुई दिन दिने निर्णय सच्याउन पनि माग गरेको छ ।
रिपोर्टर्स क्लब नेपालले कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने भएको छ ।क्लबले यही चैत्र १७ गते आफ्नो स्थापनाको २४औं वार्षिकोत्सवको अवसरमा उक्त पुरस्कारबाट बरिष्ठ पत्रकार नेपाललाई सम्मान गर्न लागेको हो ।