रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई आवश्यक पर्ने सामग्री ढुवानी गर्न सुरु गरेको छ । निर्वाचनलाई आवश्यक पर्ने सामग्री बिहीबारदेखि ढुवानी गरी पठाउन थालिएको प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखी लिएर अगाडी जानुपर्ने आवश्यकता नभएको बताएका छन् । बुधबार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाईहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठिमा बोल्दै नेता कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई कसैको बैशाखीको आवश्यकता नपर्ने बताएका हुन् ।
सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहितका पालिकामा गठबन्धन गर्ने सहमति भएको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताए ।
सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको निलम्वन कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनको निर्णयविरुद्ध अदालत गएका छन् । सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अधिकारी आइतबार सर्वोच्च अदालत गएका हुन ।
स्थानीय तहको कार्यकारी भूमिकामा दलित समूदायलाई अर्थपूर्ण सहभागीता नगराए विद्रोह गर्ने अभियन्ताहरुले चेतावनी दिएका छन् । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले आइतबार एक कार्यक्रमको आयोजना गरी आगामी स्थानीय तहका कार्यकारी पदमा दलित समूदायको प्रतिनिधित्व गराउन दबाब दिएका हुन् ।
चर्चित गायिका मेलिना राई विवाह गर्ने तयारीमा लागेकी छन् । करिब पाँच वर्ष लामो प्रेम सम्बन्धलाई उनले सार्वजनिक गरेसँगै उनको विवाहको विषयले चर्चा पाएको छ । उनले प्रेमी सञ्जिब बराइलीसँगको तस्बिर पोस्ट गर्दै विवाहको तयारीमा रहेको जानकारी दिएकी छन् ।