रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वन सम्वन्धमा नेपाल सरकारका सचिवहरूसँग छलफल गरेका छन् । विशेषगरी नौं वटा बुँदा तयार गरेर देउवाले मन्त्री र सचिबहरुलाई निर्देशन पनि दिएका छन् ।
नेकपा (एकीकृत समाजवादी)निकट युवा संघ नेपालको प्रचार विभागको बैठक बुधबार संघको केन्द्रीय कार्यालय बबरमहलमा सम्पन्न भएको छ । युवा संघ केन्द्रीय कमिटीको आयोजनामा यही माघ २२ गते काठमाडौं हुने ‘युवा साँझ सांस्कृतिक कार्यक्रम’ सफलरुपमा सम्पन्न गर्नका लागि प्रचारप्रसार कार्यलाई तिब्रता दिने निर्णय भएको छ ।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरु मनोनित गरिएको हो भनि सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्तालाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेका छन् । लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्ताहरूसँगको कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।
धरान डे लगायतका कार्यक्रममा सहभागी हुन धरान पुगेका प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय टेम्पोमा चढेर यात्राको मजा लिएका छन् । मंगलबार विहान १० बजे नै हेलिकोप्टरमार्फत धरान पुगेका उनले एक कार्यक्रमको सिलसिलामा टेप्पोको यात्रा गरेका हुन् ।
नेपालमा मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र बर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ ।
यही माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नौं वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनका पाँचसहित नौ वटा दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार नौ दलबाट ४३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि सोमबार विहान बसेको सत्तारुढ गठबन्धनको बैठक भागवन्डा मिलाएको छ । फागुन २१ गतेबाट रिक्त हुने राष्ट्रिय सभाको २० सिटका लागि गठबन्धनले भागभन्डा टुङ्याएको हो ।"