रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
निर्वाचन आयोगले २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीहरुबीच भएको छलफलमा आयोगका पदाधिकारीहरुले जेठ ४ गते निर्वाचन गर्न परामर्श दिएका हुन् ।
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले एमसीसी नेपाल सम्झौतासम्बन्धी कुनैपनि ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेज नरहेको प्रष्टाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा तरलता प्रमुख चुनौतीको विषय बनिरहेको बेला सहकारी संस्थामा तरलता व्यवस्थापनमा गम्भीर बन्नुपर्ने अवस्था आएको सहकारी अभियन्ताहरुले बताएका छन् । बैंकहरुमा जस्तै सहकारीमा पनि तरलता अभाव हुन नदिन सोही अनुसारको कदम चाल्नुपर्ने आवश्यक्ता देखिएको हो ।
नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालय बैठकले आगामी वैशाखभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नका लागि सम्पूर्ण शक्तिका साथ सरकारलाई दवाव दिने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसविरुद्धको खोपको विवरण २१ माघभित्र बुझाइसक्न निर्देशन दिएको छ ।
विमल घर्तीमगरको एकमात्र निर्णायक गोलमा नेपालले मोरिससलाई पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । घरेलु मैदानमा नेपालले मोरिससलाई १–० ले पराजित गरेको हो ।
सत्ता गठबन्धनमा आवद्ध दलहरुले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
गैर आवासीय नेपाली संघ (एनआरएन)को आगामी चुनावमा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले उम्मेदवार उठेका व्यक्तिले भोटर छान्न नमिल्ने बताएका छन् । सहमति भयो भनेर झुठा प्रचार भैरहेको भन्दै उनले नव निर्वाचित राष्ट्रिय समन्वय परिषद (एनसीसी)ले चयन गरेर पठाउने डेलिगेट्सलाई मानेर महाधिवेशन एवं चुनाव गर्नुपर्ने बताए ।