रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसको संस्थापन इतरको डा.शेखर कोइराला समूह सुशासनको मुद्दा लिएर देश दौडाहामा जाने भएको छ । देशभर सुशासन खड्किएको अवस्थामा डा.शेखर कोइरालाले कांग्रेस सुशासनको मुद्दा लिएर देशभर जाने बताएका हुन् ।"
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले एमालेका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
धेरैलाई लाग्नसक्छ ज्योति गु्रपका कार्यकारी निर्देशक सौरभ ज्योति एक व्यस्त उद्योगी व्यवसायी मात्र हुन । तर उनको परिचय व्यापार व्यवसायमा मात्र सिमित छैन । गीत संगीतमा उनको औधी रुची छ । हालै सार्वजनिक भएको उनको नयाँ गीत ‘छ–जी’ यसलाई प्रष्ट पार्छ ।""
सर्वोच्च अदालतले कोशी प्रदेशमा प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले कोशीका संसदीय दलको नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका अभियन्ताहरुले समलिंगी विवाह सम्बन्धी सर्वोच्च अदालतले प्रतिपादित गरेका नजिरहरुलाई कार्यान्वयन गर्न र सोही अनुसारको कानून निर्माण गरी वैवाहिक समानतालाई कानूनी मान्यता दिन माग गरेका छन् ।
नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेपालमा संघीयताको पुनर्संरचनाको आवश्यकत्ता औंल्याएका छन् ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङ यतिबेला विवादमा तानिएका छन । पटक पटक गैरकूटनीतिक टिप्पणी दिएको भनी नेताहरुले उनको आलोचना गरिरहेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कार्यक्रममा उक्त विमानस्थल चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत नै निर्माण गरिएको भनी झुटो वक्तव्य दिएको उनीमाथि आरोप छ ।
तीन वर्षअघि सरकारले जारी गरेको चुच्चे नक्सालाई चीन सरकारले बेवास्ता गरेको भन्दै तीब्र आलोचना भइरहेको छ । चीन सरकारले जारी गरेको चीनको नयाँ नक्सासँग छिमेकी नेपालको चुच्चे नक्सा जोडिएको छैन। उसले छिमेकी मुलुक नेपालको पुरानै नक्सा देखाएको छ। यसबाट चीनले नेपालको परिमार्जित नयाँ चुच्चे नक्सालाई बेवास्ता गरेको देखिन्छ ।