रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामति कर्मचारी ऐनलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेर संसदमा पठाउने बताएका छन् ।सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले संघीय निजामति कर्मचारी ऐनलाई मंगलबारको मन्त्रिपरिषद्को बैठकले पारित गरेर संसदमा पठाउने तयारी रहेको बताएका हुन् ।
ललितपुरको भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाएका आवास तयार भएको । ति आवासको हस्तान्तरण समेत गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भैंसेपाटीमा बनेको १४ वटा ब्लकको साँचो सम्बन्धित प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई हस्तान्तरण गरिसकेका छन् ।
नेपाली कांग्रेसका नेता भेषराज आचार्यले पार्टीका शिर्ष नेताहरुबीच असहमति वा विवाद जेसुकै भएपनि युवाहरुले संगठन निर्माण र विचार प्रवद्र्धनमा क्रियाशील हुनुपर्ने बताएका छन् ।""
सरकारले नेपालको नक्सालाई छिमेकी मुलुकहरुले सम्मान गर्नुपर्ने बताएको छ । परराष्ट्र मन्त्रालय कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सामा नेपाल स्पष्ट र दृढ रहेको बताएको हो ।"
महत्वकांक्षी र बहुचर्चित मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । एमसीसी बुधबारदेखि निर्माण चरणमा प्रवेश गरेसँगै यो कार्यन्वयनमा जाने निश्चित भएको हो ।""
उच्च अदालत पाटनले सिम्रिक एयरको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन ३२ गते काटेको पत्र कार्यान्वयन नगर्न न्यायाधीश रमेश ढकालको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधि सभामामा ११ जना सांसदले प्रश्न गरेका छन् । सांसदहरुले विभिन्न सवालमा प्रधानमन्त्रीलाई गरेका हन् । प्रश्नको जवाफ लिखित रूपमै रोष्टमबाट व्यक्त गरेका छन् ।
आयोजक राजर्षी गुरुकुल र काठमाडौं वर्ल्ड स्कुलले आरजी अन्तर स्कुल फुटसल प्रतियोगिताको उपाधि जितेको छ । राजर्षी गुरुकुल ब्वाइजतर्फ र काठमाडौं वर्ल्ड स्कुल गर्ल्सतर्फ च्याम्पियन बनेको हो ।