रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
असन्तुष्ट राहत शिक्षकले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघ र सरकारबीच गत शुक्रबार भएको सहमतिमा असन्तुष्टी जनाउँदै राहत शिक्षकले प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलामा भेला भएका राहत शिक्षकहरुले माइतीघरदेखि बानेश्वरसम्म जुलुस प्रदर्शन गरेका थिए । नेपाल राहत शिक्षक केन्द्रीय समितिमा आबद्ध शिक्षकहरूले प्रदर्शन गरेका हुन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवम आसन्न ११औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेशकुमार श्रेष्ठले विश्वका विभिन्न देशमा नेपाली श्रमिकहरुका पक्षमा काम गर्नका लागि सरकार र एनआरएनएबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि चीन पुगेका छन् । चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरे ।
बीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालको अध्यक्षमा सांसद इन्दिरा थापा चयन भएकी छन् । विहीबार बसेको साधारण सभाले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री दाहालले असोज ६ गते शनिबारदेखि चीनको भ्रमण गर्ने कार्यक्रम तालिका सार्वजनिक भएको गरेको हो ।
नेपाल शिक्षक महासङ्घ नेपालद्वारा आयोजना गरेको विरोध कार्यक्रम दोस्रो दिन बानेश्वर रहेको छ। महासङ्घ नेपालको आन्दोलन अन्तर्गत देशभरका सामुदायिक विद्यालय बन्द भएका छन्। बन्दले पठनपाठन ठप्प का साथै विद्यार्थीहरू अन्योलमा परेका छन्।
नेपालमा होण्डा कारको लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले ललितपुरस्थित धोबीघाटमा होन्डा शोरुम संचालनमा ल्याएको छ ।
नेकपा (एमाले)का उपाध्यक्ष एवम संविधानसभा अध्यक्ष दिवंगत सुवासचन्द्र नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङले राजनीतिमा आउने संकेत गरेका छन् । उनले बुबाको सपना पूरा गर्ने बताए । कानुन व्यवसायीसमेत रहेका उनले यसका लागि आफू सबैसँग हातेमालो गर्न तयार रहेको पनि बताए।