रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ ।"
दशैंमा घर जाने यात्रुका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ सुरू भएको छ । सोमबार बिहान ६ बजेदेखि अग्रिम टिकट बुकिङ सुरू भएको हो । काठमाडौंसहित देशका विभिन्न ठाउँमा लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । तर, यात्रुहरुले भने गत वर्षको तुलनामा अलि व्यवस्थित भएपनि अनलाइन टिकटमा सरकारको कमजोरी देखिएको गुनासो गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले विभाजित रहेको संस्थालाई तीन महिनाभित्र एकताबद्ध गरी छाड्ने प्रतिबद्धता जनाएका छन् । कोरिया भ्रमणमा रहेका उनले आफ्नो टिमका उम्मेदवारहरु र डेलिगेट्स एवम सदस्यहरुबीच आयोजना गरिएको अन्तरसंवादलाई सम्बोधन गर्दै उनले एक्सनमा उत्रेर काम गर्ने र एकता गराउने प्रतिबद्धता जनाएका हुन् ।
द रोयल एसियाटिक सोसाइटीले प्राध्यापक डा.सूर्यप्रसाद सुवेदीको नाममा स्थापित पहिलो पुरस्कार विजेता घोषणा गरेको छ । सोसाइटीले ‘के सही भयो ?’ नेपालको जलविद्युत विकासमा दिगोपन विरुद्ध परनिर्भरता पुस्तकका लेखक प्राध्यापक मार्क लिक्टीलाई उक्त पुरस्कार दिने घोषणा गरेको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजवादी मोर्चालाई दुई वर्ष सरकारको नेतृत्व गर्न दिएर बाँकी कार्यकाल कांग्रेस एक्लैले सरकार चलाउने प्रस्ताव अघि सारेका छन् । आइतबार काठमाडौंमा आयोजित १४ औं महाधिवेशनको म्याण्डेट र पार्टी रुपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र सङ्घमा यस पटक देखिने गरी नेपाललाई प्रस्तुत गरिएको बताएका छन्। प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा आफूले गरेको सम्बोधनबाट यस पटक नेपाल देखिने गरी प्रस्तुत हुन सफलता मिलेको दाबी गरेका हुन्।
सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ ।"
सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनमा रहेको ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्ताबाट ६ बुँदे सहमति भएको हो।