रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनका क्रममा भएको अनलाइन भोटिङ सिस्टममार्फत मत कब्जा गरेको भन्दै अध्यक्षका मुख्य दुई प्रतिस्पर्धीले निर्वाचन परिणाम अस्वीकार गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपियाँको विद्युत भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनासम्ममा विश्वासको मत लिनुपर्ने भए पनि उनले तीन दिनपछि नै विश्वासको मत लिएका हुन् । उनी गत शनिबारमात्र मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनमा अध्यक्ष पदकी उम्मेदवार रविना थापाले अर्का अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी छन् । नयाँ नेतृत्व चयनका लागि मतदान शुरु हुनु केही घन्टाअघि मात्र एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी गराएकी छन् ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ । नेपाल राष्ट्र बैङ्कले मंगलबार सार्वजनिक गरेको गत भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव एक प्रतिशतले बढेर रु. दुई खर्ब २८ अर्ब ३७ करोड पुगेको छ ।
काठमाडौं । कोरियामा बसेर गैर आवासीय नेपालीहरुको मुद्दामा लामो समयदेखि क्रियाशील केपी सिटौलाले एनआरएनएको आसन्न ११औं महाधिवेशनमा सचिब पदमा उम्मेदवारी दिएका छन् । दक्षिण कोरियामा रहेर व्यवसाय गर्दै आएका सिटौला विदेशमा नेपाली कला र संस्कृतिको प्रवद्र्धन पनि सक्रिय छन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठले तीन महिनाभित्र संघलाई भावनात्मक र संगठनात्मक रुपमा एकताबद्ध गराएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने प्रसंगका बीच उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले स्पष्टीकरण दिएका छन् ।