रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । थपिएको दुई दिनको म्यादभित्रमा अब जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नुपर्छ । शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा प्रमाण सरकारी अड्डामा फेला पर्न सकेको छैन । सर्वोच्च आदालतले माग्दा पनि काठमाडौं जिल्ला प्रशासन कार्यालयले पठाउन नसकेको हो ।
यस वर्षको बसन्त ऋतुमा करिब पाँच सय जनाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी पाँच सयले सगरमाथा आरोहण गरेका हुन् ।
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेकाहरूलाई संगठित ठगी र राज्यविरुद्धको कसूर मुद्दा चलाउन राय दिएको बताइएको छ ।
सत्तारुढ नागरिक उन्मुक्ति पार्टीले सरकारविरुद्ध पाँच दिने नेपाल बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । पार्टीका संस्थापक रेशमलाल चौंधरीलाई जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको आदेश आएको भोलीपल्ट बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
नेपाली पर्वतारोही कामीरिती शेर्पाले २७औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। शेर्पाले बुधबार बिहान ८स्३० बजे सगरमाथाको चुचुरो चुमेको सेभेन समिट ट्रेकले जनाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १३ जनाको बयान सकिएको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पुर्व उपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, तत्कालिन गृह सचिव टेकनारायण पाण्डे, रायमाझीका छोरा सन्दीप रायमाझी, खाँणका स्वकीय सचिव नरेन्द्र केसीको बयान सकिएको हो ।
जननेता मदन भण्डारी र जीवराज आश्रितको ३०औं स्मृति दिवस मनाइँदैछ । तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते अर्थात आजकै दिन चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।