रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सभामुख देवराज घिमिरेले सांसदहरुको ईहाजिरी (विद्युतीय हारिजी)को व्यवस्था गर्न संघीय संसद सचिवालयलाई निर्देशन दिएका छन् । आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा उनले ईहाजिरीको तयारी गर्न र राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न संसद सचिवालयलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार १०औँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।
नेपाली कांग्रेसको कोटामा सरकारमा गएका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार उनीहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी गठी काण्डमा नेकपा एमालेका नेता तथा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
धर्नामा बसेका वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकारी वार्ता टोलीप्रति शंका व्यक्त गरेका छन् । सरकारी वार्ता टोलीसँगको पहिलो चरणको वार्ता सकिएसँगै महावीरले यही शैलीमा निष्कर्षमा पुग्न सकिनेमा शंका गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदबाट निर्णय गराइ बहिर्गमित ४ हजार ८ लडाकुका लागि रकम बाँड्ने तयारी भइरहेको छ । चालु बजेट वक्तव्यमा ‘शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न’ भनेर छुट्याइएको १ अर्ब ४० करोड रुपैयाँमध्येबाटै यसरी नगद दिन लागिएको हो ।