रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सर्वोच्च अदालतले निर्देशन जारी गरेको चार वर्ष बितिसक्दा पनि विदेशमा रहेका नेपाली नागरिकले निर्वाचनमा भाग लिन पाउने सम्भावना अघि बढाइएको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् डा. तोसिमा कार्कीले देशब्यापी रुपमा निर्माण हुँदै गरेका भवन, होटेल, अपार्टमेन्टहरुको वैधानिकता खोजी गर्न माग गरेकी छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् कार्कीले बखुण्डोलस्थित निर्माणाधीन समिट अपार्टमेण्ट प्रक्रियामा संलग्नलाई कारबाही गर्न माग गरिन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेको छ । दुई करोड अडियो काण्डमा उनको नाम मुछिएपछि पार्टीले साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताएका हुन् ।"
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिले सरकार निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेकाले जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरि सरकारले काम गर्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्वर २ को प्रथम क्षेत्रीय अधिवेशनको सोमबार पन्चपुरी नगरपालिकाको बावियाचौरमा उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन, संविधानको सुदृढीकरण गर्न र देशको तिब्र विकासका लागि वर्तमान सरकारले काम गर्ने बताए ।
काठमाडौं महानगरपालिकाले सिंहदरबारबाट फोहोर उठाउने काममा असहयोग भएको र सिंहदरबारको फोहोर नउठाउने बताएको थियो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सिंहदरबारले असहयोग गरेको कुरा सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए । त्यही घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो ।
गृह मन्त्रालयले बाबुको पहिचान हुन नसकेको बच्चाका लागि मामाको थर राख्नसक्ने भनि यसअघि निर्माण गरेको परिपत्र सच्चाएको छ। विवादित भएपछि मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार सच्चाएर परिपत्र जारी गरेको हो। विभागले ‘मावली थर’ राख्ने भनि व्यवस्था भएको ठाउँमा ‘बच्चा जन्मिँदा कायम आमाको थर र ठेगाना’ राख्न सकिने भनेको छ।
बलात्कार आरोपमा मुछिएका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।