रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको सार्वजनिक अडिओमाथि छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ ।"
उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले गृह जिल्ला सुर्खेत पुगेर माटो ढोगेका छन् । उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत पुगेका खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने बित्तिकै माटोलाई ढोगेका हुन् ।
११ बुँदे घोषणापत्र जारी गर्दै तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन सकिएको छ । सहकारी अभियानले सदस्यको वचतको सुरक्षा गर्न र विश्वास अभिवृद्धि गर्न राष्ट्रव्यापी रुपमा जागरण अभियान संचालन गर्ने घोषणापत्रमा उल्लेख छ ।"
नेकपा माओवादी केन्द्रनिकट विभिन्न जनवर्गीय संगठनहरुले पहिचानको आधारमा प्रदेशको नामकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष विहीबार ज्ञापनपत्र पेस गरे ।
सत्ताधारी गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको तर्फबाट न्यूनतम साझा कार्यक्रम बिहीबार साँझ सार्वजनिक गरेकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा बुधवार सुनुवाइ सकिएपछि विपक्षीका नाममा यस्तो आदेश जारी भएको हो ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताएका छन् । बुधबार बिहान नेकपा (माओवादी केन्द्र) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको सहकर्मीहरुको राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्रीले सहकारी आन्दोलनलाई समाजवादको आधार खडा गर्ने साधनको रुपमा विकसित तुल्याउनुपर्ने बताए ।
सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। सोमबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तमबहादुर सुवेदी र डिआईजी गणेशबाबु अर्याल रहेको आयोग गठन गरेको हो।