रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
। लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन् । आठ दलको समर्थनमा चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
राष्ट्रिय चिया दिवसका अवसर काठमाडौंमा बिहीबारदेखि अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजनामा बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय चौथो चिया महोत्सव सुरु भएको हो ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम गण्डकी प्रदेशका ३५ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेका पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबारै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्राविधिक समस्या देखिएको ‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको भन्ने कुरा अहिलेसम्म पुष्टि नभएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गए राति उडेलगत्तै फ्लाई दुबईको जहाजबाट ठूलो आवाजसहित आगोको झिल्का देखिएको थियो । पर्यटनमन्त्री किरातीले भने, “जहाजमा चरा ठोक्किएको कुरा अहिलेसम्म प्रमाणित नभएको सबैमा स्पष्ट गर्दछु ।”
नेपाली कांग्रेसको गढ मानिएको तनहुँ क्षेत्र नम्बर १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पोल्टामा पारेको छ । सो स्थानबाट रास्वपाका उम्मेदवार डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । स्वर्णिमले प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार बढी मत ल्याएर निर्वाचित भएका हुन् ।
नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७९ का विषयमा सभामुख देवराज घिमिरेलाई भेटेर संसदको ध्यानाकर्षण गराएको छ । सोमबार चेम्बरले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७९ मो निजी क्षेत्रलाई पनि दायरामा ल्याउने व्यवस्थाका विषयमा सभामुख घिमिरेलाई ध्यानाकर्षण गराएको हो ।
नेपालमा पर्यटन व्यवसायले उचाइ लिएको छ । विनाशकारी महाभुकम्प र कोभिड महामारीको प्रभाव कम हुँदै गएपछि विदेशी पर्यटकको संख्या बढेको छ भने आन्तरिक पर्यटकहरु पनि घुम्न निस्किरहेका छन् । जसका कारण पर्यटन व्यवसाय चलायमान हुँदै गएको छ ।
बैशाख ११ गते अर्थात आज सोमबार १७ औंं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइने गरेको भएपनि यसबर्ष उत्साह देखिदैन । परिवर्तनको नारा लागेको दिनका रूपमा वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गरिन्छ ।