रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आव्हान गर्नुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ। पुस २६ गतेको संसदमा सरकारलाई विश्वासको मत दिने दलहरूलाई प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो बालुवाटार बोलाएका थिए ।
संघीय संसदमा नयाँ सभामुख चयनको प्रक्रिया अघि बढेको छ । संघीय संसद् सचिवालयले सभामुख पदको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।संघीय संसद्का महासचिव डा.भरतराज गौतमले सार्वजनिक गर्नुभएको निर्वाचन कार्यक्रम अनुसार यही माघ ४ गते दिउसो १ बजेदेखि ४ बजेसम्म सभामुख पदमा मनोनयन दर्ताको लागि समय तोकिएको छ । सोही दिन अपराह्न ४ः१५ बजे उम्मेदवारीको सूचना दर्ता क्रम अनुसार सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागवण्डा टुंगो लागेपछि मंगलबार मन्त्रिपरिषद विस्तार गरेका हुन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिहरु नियुक्त गरेका हुन् । मन्त्रीहरुलाई राष्ट्रपति भण्डारी र राज्य मन्त्रीहरुलाई प्रधानमन्त्री दाहालले पद गोपनियताको सपथ गराएका हुन् ।
पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको शवको पोस्टमार्टमको प्रक्रिया सुरु भएको छ। पहिचान खुलेका र नखुलेका शवहरुको छुट्टाछुट्टै राखिदैछ । शवको क्रमसंख्याअनुसार पहिचान भएका शवहरुको परीक्षण गरिनेछ र पुनः पुष्टि गरी परिवारलाई हस्तान्तरण गरिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलबीच सोमबार विशेष भेटघाट भएको छ ।भेटका क्रममा प्रधानमन्त्री दाहाललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिएको छ ।
आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।
पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परेकाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्ट मार्टमक लागि लगिएको छ । उद्धारको क्रम जारी राखिएको छ । उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा पोखराबाट (एनएएलएक्स) र (एनएएलए) हेलिकोप्टर परिचालन गरिएको उल्लेख छ ।